निश्चित उमेरमा गणितका कुनै धारणाहरू सिक्न एकै खालको प्रक्रियाहरू जनाउँनु
पूर्व ज्ञानका आधारमा बाहृय वातावरणसँगको सम्पर्कमा आएपछि आफ्नो ज्ञान आफै निर्माण गर्नु
Egocentrism : थ व्यक्तिले संसारलाई उसको आफ्नै दृष्टिकोण तथा तरिकाले हेर्नु
बालकको मानसिक विकास उसको शारीरिक बनावट र उमेरअनुसार विभिन्न अवस्थामा हुँदै जानु
सिकाइ प्रक्रियाका प्रकार
धारणा (schema): विद्यार्थीहरूले अनुभव गरेको घटना, व्यक्ति, वस्तुको छाप आफ्नो दिमागमा निर्माण गर्दछ । उक्त मानसिक छापलाई नै धारणा भनिन्छ । उदाहरणको लागि बालकलाई वर्गभन्दा "\(\square \)" को जस्तो आकृति मष्तिस्कमा निर्माण गर्छ, त्यसलाई नै धारणा भनिन्छ ।
Lesson: सकेसम्म गणितीय ज्ञान र धारणाको निर्माण गर्न विभिन्न ठोस वस्तुहरूको प्रयोग गर्नुपर्दछ ।
आत्मसातीकरणः धारणालाई आफ्नो पूर्व ज्ञान र आफ्नो अनुभवमा समाहित गर्छ जसलाई आत्मसातीकरण भनिन्छ । सिकेको ज्ञान र अनुभवलाई आफु अनुकूल बनाउन सक्नु नै आत्मसातीकरण हो ।
समायोजनः बालकले सिकेको नयाँ ज्ञान र आफ्नो पूर्व ज्ञानको बीचमा समायोजन गर्ने प्रक्रियालाई समायोजन भनिन्छ ।
सन्तुलनः आफ्नो पूर्व अनुभव र नयाँ ज्ञान बीचमा तालमेल मिलाउने प्रक्रियलाई सन्तुलन भनिन्छ
Stage Theory
जीन पियाजेले बौद्धिक विकासलाई अलग–अलग अवस्थामा बाँडेका छन् । ती अवस्थाहरू निम्नानुसार छन्ः
इन्द्रियचाल अवस्था
पूर्वक्रियात्मक अवस्था
मूर्त क्रियात्मक अवस्था
औपचारिक क्रियात्मक अवस्था
इन्द्रियचाल अवस्था
जन्मदेखि \(1\frac{1}{2}\) वर्ष सम्मको समयावधि
बालकको क्रियाकलाप शरीर केन्द्रित हुन्छ ।
बालकले आफ्नो इच्छाअनुसार शरीर चलाउने बानीको विकास गर्दछ ।
कुनै पनि वस्तुलाई हेर्ने, समात्ने, टोक्ने, च्यात्ने र त्यससम्बन्धी चालको विकास हुन्छ ।
बालकको बोलिको विकास भइसकेको हुँदैन तर उसले गर्ने कार्यहरू भने सुरु भइसकेका हुन्छन् ।
यस अवस्थाका विशेषताहरू निम्नानुसार छन्
शब्दभण्डारको कमी हुन्छ ।
अवलोकनका आधारमा वस्तुको बारेमा धारणा बनाउनु ।
यताउता स्वचालित गतिबाट बालक कुनै काम गर्नु
आफु भन्दा परको पनि संसार छ भन्ने भावना विकास गर्दै जानु
यस अवस्थामा बालबालिकाहरू ego-centrism हुनु
पूर्वक्रियात्मक अवस्था
\(1\frac{1}{2}\) वर्षदेखि \(6-7\) वर्षसम्मको अवस्था
अमूर्त कुराहरूसोच्न सक्दैन ।
उसले भाषा र संकेतहरू प्रयोग गर्दछ ।
सांकेतिक चित्रण यो अवस्थाको प्रमुख विशेषता हो ।
पिण्ड संरक्षण धारणा विकसित भइसकेको हुँदैन
यस अवस्थाका विशेषताहरू निम्नानुसार छन् ।
आफूलाई लागेको अनुभवहरूलाई व्यक्त गर्न भाषाको विकास गर्नु ।
आफू सामु नभएका वस्तुहरूको बारेमा पनि मानसिक चित्र कोर्नु ।
वस्तुलाई संकेतमा जनाउँन र संकेतबाट वस्तुलाई चिन्न सक्नु ।
Ego centrism बाट social centrism तिर बग्दछन् ।
एक पटकमा एउटामात्र विचार गर्न सक्दछन् । जसलाई Transductive वा Magical Thinkingभनिन्छ ।
सङ्ख्या, लम्बाइ, पिण्ड, आयतन अनुपात आदि धारणाहरूको संरक्षण भइसकेको हुन्छ ।
मूर्त क्रियात्मक अवस्था
\(6-7\) वर्ष देखि \(11-12\) वर्षसम्मको अवस्था
समूह र उपसमूह बीचको सम्बन्ध थाहा पाउन थाल्दछन् ।
तर्कपूर्ण सोचाइ विकसित भइरहेको हुन्छ ।
ठोस वस्तुको सहायताले गणितीय धारणाहरू सिक्छन् ।
गणितीय आधारभूत धारणाहरूको ज्ञान हाँसिल गर्दै जान्छन् ।
यस अवस्थाका विशेषताहरू निम्नानुसार छन्ः
फरक वस्तुको वर्गीकरण गर्ने धारणा भइसक्नु ।
कुनै घटना वा कार्यपछि हुने असरहरूको बारेमा ज्ञान हुनु ।
संख्याको क्रमका साथै स्थानमानको बारेमा विचार गर्न सक्नु ।
क्रिया र यसको विपरित क्रियाहरूको बारेमा ज्ञान हुनु ।
एक चलभन्दा बढी चलहरूको असरलाई बुझ्न सक्छ
Inductive तर्क गर्दछ Accommodation/Assimilation (1 kg को कपास गह्रौ ls1 kg को फलाम
ठट्टा गरी भनिएको भनाइ प्रति आफ्नो प्रतिक्रिया दिनु
सङ्ख्या, लम्बाइ, तौल र आयतन संरक्षण सम्बन्धी ज्ञान हुनु ।
औपचारिक क्रियात्मक
\(11-12\) वर्षदेखि सुरु हुन्छ ।
विषयवस्तुको बोध जाँच गर्ने प्रश्न गरेर कल्पना गरेर सम्मानीयकरण गरेर निगमन तरिकाले चिन्त गरेर, र प्रमाणित गरेर बुझ्न सक्छन् । जसलाई deductive logic भनिन्छ ।
यस अवस्थामा यदि ....... भने ........ हुन्छ । यस्ता तर्कलाई propositional logic भनिन्छ ।
अमूर्त वस्तुहरूको बारेमा पनि सोच्न सक्ने क्षमताको विकास भइसकेको हुन्छ ।
दिइएको समस्यालाई सम्भावित तथ्यहरू पत्ता लगाई त्यसलाई समाधान गर्दछ ।
परिकल्पना गर्न, त्यसबाट निष्कर्ष निकाल्न र वास्तविकतासँग दाँजेर हेर्न सक्छन् ।
एउटा परिस्थितिमा सिकेको कुरालाई अर्को परिवेशमा प्रयोगमा ल्याउन पनि सक्छ ।
यस अवस्थाका विशेषताहरू निम्नानुसार छन्
कल्पना गर्न सक्ने शक्तिको विकास हुनु ।
अनौपचारिक गणितीय तार्किकतामा समर्थन हुनु ।
गणितीय क्रियाकलापका बीचको सम्बन्ध आँफै पत्ता लगाउन सक्नु ।
एक अवस्थामा सिकेको ज्ञानलाई अर्को नयाँ अवस्थामा प्रयोगमा ल्याउन सक्नु ।
निगर्मिक ढँङगबाट कल्पना गर्न सक्नु
प्रस्तावात्मक सोचको विकास propositional thinking हुन्छ ।
कुनै पनि भनाइको राम्रो र नराम्रो पक्षलाई केलाई प्रशंसा वा खण्डन गर्न सक्नु
आफुले नदेखेको कुराको बारेमा चिन्तन गर्न सक्ने हुनु
गणित शिक्षण सिकाइमा पियाजेको सिद्धान्तको उपयोगिताहरू
पाठ्यक्रम निर्माण: बालबालिकाहरूको उमेर, क्षमता, योग्यता, तहअनुसारका विषयवस्तुहरू समावेश
शिक्षण विधिको छनोट : विषयवस्तुहरूको स्वरूप अनुसारका शिक्षण विधिहरूको छनौट
पूर्वज्ञान : विषयवस्तुहरूको शिक्षण गर्दा सम्बन्धित विषयवस्तुहरूको बारेमा विद्यार्थीसँग पूर्वज्ञान के–कति छ भनी पत्ता लगाई सोही अनुरूप शिक्षण
विद्यार्थी केन्द्रित शिक्षण विधि : विद्यार्थीहरूको सक्रिय सहभागिता हुने विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग
क्रिया र विपरित क्रिया : क्रिया र विपरित क्रिया जस्तै जोड–घटाऊ, गुणन–भाग,वर्ग–वर्गमूल,घन–घनमूल आदि एकैसाथ शिक्षण गर्न
ठोस वस्तुको प्रयोग : ठोस वस्तुलाई प्रयोग गरी शिक्षण गर्न र धारणा निर्माण गर्न
No comments:
Post a Comment